2024-09-17 , Tuesday
२०८१ आश्विन १ गते मंगलबार

Detail of Member

Detail of Member

chairperson

Chhanda Bahadur Basnet

Chairperson

गाउँमा भौतिक सुख सुबिधाको अभाव महसुस गरी तीव्र गतिमा बसाइसराइ भैरहेको अवस्थामा बसाइसराइ रोक्ने उद्धेश्य अनुरुप गाउँमा केही काम गर्नुपर्दछ भन्ने कुराबाट अभिप्रेरित भै “राम्रो कामको शुरुवात गाउँबाट पनि सम्भव छ” भन्ने नारालाई आत्मसाथ गर्दै त्यसको लागि मन वचन र कर्मले सेवा गरौं भन्ने सोचका साथ साविकको खैरा गाविसका  युवाहरुको अगुवाइमा  २०५० सालमा देउँसी, भैलो खेलेर उठेको रु २५०० आर्थिक श्रोतबाट फूलवारी युवा क्लवको नामबाट वि.सं. २०५० साल चैत्र ५ गते जिल्ला प्रशासन कार्यालय प्युठानमा दर्ता नं. १६ मा विधिवत यो संस्था दर्ता गरिएको हो । सामाजिक रुपमा क्लब भन्नाले साघुँरो सीमा भित्र रहिरहने प्रचलनलाई मध्यनजर गरी समय र विकासको परिवर्तन संगै २०५२ सालमा आफ्नो नाम संशोधन गरी फुलवारी एकीकृत ग्रामिण विकास संस्था हुदै २०७३ भाद्र ७ गते संस्थाको २१ औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेशनबाट फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपाल नामाकरण गरिएको छ । २०५२ साल देखि जिल्लाका विभिन्न गा.वि.स.का लक्षित वर्ग सँग विभिन्न क्षेत्रमा काम गर्दै आइरहेका यस संस्थाले हालसम्म सरकारी, विभिन्न दातृ निकाय, अन्तराष्ट्रीय गैर सरकारी संस्था, राष्ट्रीय स्तरका गैर सरकारी संस्था गरी करिब ३ दर्जन जति दातृ निकाय तथा संघ संस्थाहरु सँग सहकार्य गरी साना ठूला गरी ४० भन्दा बढि परियोजना÷कार्यक्रमहरु संचालन गरिसकेको र ६८० भन्दा बढी सामुदायिक संस्थाहरु (सामुदायिक बन उपभोक्ता समुह, कृषक समुह, उपभोक्ता समिति, महिला समुह, जलीय जैविक विविधता समुह,संजाल, वाश सिसि) संग आर्थिक, सामाजिक विकासका साथ साथै समूह गठन महिला सशक्तिकरण, कृषि, जिवीकोपार्जन, शिक्षा तथा साक्षारता, विपद् जोखिम न्यूनीकरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, प्राकृतिक श्रोत व्यवस्थापन, जलवायू परिवर्तन तथा अनुकुलन, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा आफ्नो कार्यक्रमलाई सफलताका साथ सञ्चालन गरेको छ ।

संस्थाको परिकल्पना प्राप्तिको लागि संस्थाले विभिन्न सरोकारवाला दातृ निकाय तथा संघ संस्थाहरुको  समन्वयमा संस्थाका रणनैतिक क्षेत्र अन्तरगतका विभिन्न प्रकारका कार्यक्रम तथा परियोजनाहरु संचालन गर्न सफल भएता पनि समुदायको माग र आवश्यकता अनुसारको उपलब्धिहरु प्राप्त गर्न बाकी रहेकोले संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी दातृ निकाय तथा संघ संस्थाहरुबाट निरन्तर सहयोग तथा सहकार्यको अपेक्षा सहित सबै संग हातेमाले गर्दे ग्रामीण समुदायको भौतिक, आर्थिक, सामाजिक, सास्कृतिक विकासको लागि संस्था निरन्तर लागि रहने कुरामा सम्बन्धित सबैमा विश्वास दिलाउन चाहन्छु ।